सिमरा,जिल्ला ट्राफिक कार्यालय बारा निजगढको अस्थायी ट्राफिक प्रहरी पोष्ट जीतपुरले जीतपुरसिमरा उपमहानगरपालिका २ वटा विद्यालयका विद्यार्थीहरुको लागि सोमवार ‘ट्राफिक शिक्षा कक्षा’ संचालन गरेको छ ।प्रहरीले उपमहानगरपालिका वडा नम्बर ७जीतपुरमा रहेको फकीरा गिरी÷राजेश गिरी माध्यमिक विद्यालय र वडा नम्बर १० स्थित शुभतारा इंग्लिश बोर्डिङ स्कुलका छात्रछात्राहरु ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कक्षा संचालन गरेको हो । सचेतना कक्षामा फकीरा गिरी÷राजेश गिरी माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने ७० जना विद्यार्थीहरुको सहभागिता रहको थियो । विद्यार्थीहरुलाई अस्थायी पोष्टका प्रहरी सहायक निरीक्षक काशिन्द्रप्रसाद यादवले ट्राफिक नियमको बारेमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी सोही शुभतारा इंग्लिश बोर्डिङ स्कुलको कक्षा ९ र १० मा अध्ययन गर्ने ७५ जना विद्यार्थीलाई पनि ट्राफिक सम्बन्धी कक्षा संचालन गरिएको हो । शुभताराका विद्यार्थीहरुलाई भने अस्थायी ट्राफिक प्रहरी पोष्ट सिमराबाट खटिनुभएका प्रहरी सहायक निरीक्षक बबलु ठाकुरले सचेतनामुलक कक्षा संचालन गर्नु भएको थियो ।

Leave a Reply