बिदुर खडका
डुमरवाना,मधेस बिश्व विद्यालयका उपकुलपती दिपक शाक्यले नेपालमा सञ्चालित धेरैजसो कलेजहरुमा रोजगारमूलक शिक्षाको अभावका कारण देशमा बेरोजगारी बढेको बताउनुएको छ ।डुमरवाना कलेजको बार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपती शाक्यले सो कुरा बताउनुभएको हो । ‘केहि क्याम्पसमा पढने विद्यार्थीहरु चिटिङ्ग गरेको भरमा परीक्षा दिन्छन र उतीर्ण पनि हुन्छ, उहाँले भन्नुभयो, तर ५ प्रतिशतले मात्र जागिर पाउछन बाँकी सबै बेरोजगार छन ।’

ग्रामीण र अर्धशहरी क्षेत्रमा सञ्चालित कलेजमा विद्यार्थीहरुको संख्यामा कमी आएकोप्रति संकेत गर्दै उहाँले आवश्यकताअनुसारको विषयमा पठनपाठन गर्न नसके कलेजमा विद्यार्थी संख्या नबढने पनि उहाँले बताउनुभयो ।
मधेस बिश्व विद्यालयले आगामी दिनमा रोजगारमुलक प्रविधिक शिक्षालय खोल्ने सोच बनाएको भएपनि सरकारी नीतिगत र व्यावहारिक झन्झटका कारण काम गर्न समस्या भएको उहाँले बताउनुभयो । उपकुलपती शाक्यले आफूले उब्जाएको तरकारी बजारीकरण सम्बन्धी ज्ञान किसानलाई नहुँदा लगानीभन्दा दोब्बर घाटा खाएर बेच्न बाध्य भएको शाक्यको भनाई छ ।आगामी दिनहरुमा कलेज र बिश्व विद्यालयहरुले दक्ष जनशक्ति उत्पादन गर्ने विषय राखेमा कुनै पनि कलेजमा विद्यार्थीको अभाव नहुने उपकुलपति शाक्य बताउनुहुन्छ ।

Leave a Reply