कोरोना माहामारीका कारण लामो समय बन्द रहेका बारा र पर्साका विद्यालयहरु लगभग संचालनमा आएका छन् । बारा र पर्साका मात्रै नभइ देशभरकै विद्यालयहरु संचालनमा आउदैछन् । विद्यालय संचालन लामो समयदेखि संचालनमा आएका हुन् । विद्यालय बढी भीडभाड हुने स्थान हो । यसो भएकाले पनि विद्यालयहरुको बिषयमा ख्याल र ध्यान दिन जरुरी छ ।

विज्ञहरुले विद्यालय बालबालिकाहरु बढी जोखिममा रहने गरेको कुरा बताइरहदा अब विद्यलायहरु खुल्ने क्रम पनि जारी रहेकाले यस बिषयमा अभिभावक तथा सबै सरोकारवलाहरु एकदमै सचेत भइ सावधानी अपनाउन आवश्यक छ । सावधानी अपनाउन सकिएन भने फेरि विद्यालय हट स्पष्ट हुने छन ।

अहिले अन्य उमेर समूहकाहरुले त खोप पनि लगाएका छन् तर बालबालिकाहरुले खोप लगाउन पाएका छैनन् । अथवा उनीका लागि खोप बनेको पनि छैन । त्यसैले विद्यालयमा सावधानी अपनाउन जरुरी छ । कम्तिमा शिक्षक र विद्यार्थीले स्वास्थ्यका मापदण्डहरु पालना गर्ने सवालमा होस पुर्याउन सकेको खण्डमा पनि संक्रमणबाट जोगिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here