वीरगन्ज, प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) अस्पताल भर्ना हुनुभएको छ ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि सोनल बिहिबार अस्पताल हुनुभएको हो । विगत तिन÷चार दिनदेखि रुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्याले पिडित सोनललाई असहज महशुस भएपछि वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।

सोनलका स्वकीय सचिव रमेश सर्राफका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

मधेश प्रदेशका पूर्वभौतिक पूर्वधार विकासमन्त्रीसमेत रहेका सोनल दोस्रो कार्यकालका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा बिहिवार निर्वाचित हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here