युरोपको एक देश युक्रेन आज लडाइमा छ । ऊ आज निकै अप्ठेरोमा छ र ऊमाथि निरन्तर बमबारी भएपनि बिश्वका लगभग सबै देश रमिते बनेका छन् । सयौं हतियार, सेना भएका शक्तिशाली भनिएका देशहरु मौन छन् । सोभियत संघको नेतृत्व गर्ने रुसले बिश्वका साम्राज्यवादीहरुको सबक सिकाउनका लागि उसकै शब्दमा युक्रेनलाई तारो बनायो र आज युक्रेन घमासान युद्धमा छ ।
यस्तो युद्धमा रहेको दलेमा नागरिकहरुलाई धनी र ठूला भनिएका देशहरुले सहानुभूति बाहेक अरु केही दिन सकेका छैनन् । अमेरिका समेत यो घटनामा रमिते बनेको छ । युक्रेनको राजधानीमाथि नै धावा बोलिरहेको छ रुसले । जे भएपनि यो रुसको आतंकवाद र बल मिचाहा प्रवृत्ति हो ।
यस्ता प्रवृत्तिको खुलेर बिरोध गर्न आवश्यक छ । मानवीयताको पक्षमा आवाज उठाउन सकिएन भने यसले ठूलो क्षति भोलि बिश्वका अन्य देशमा पनि गर्नेछ । हुनत रुस कम्यूनिष्ट देश थियोे । यो अर्थमा पनि कम्यूनिष्टहरुले सहानूभुति रुसमाथि हुन सक्छ तर त्यो आफैमा ठीक होइन आखिर अपराध त अपराध नै त्यो जसले गरेपनि । युक्रेन सानो भएपनि लडाइमा साहस देखाएको छ । उसको साहसलाई सम्मान गर्न आवश्यक छ ।