निजगढ,जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डीका उप्रेतीलाई सामुदायिक वन उभोक्ता महासंघले बुधवार काठमाण्डौंमा सम्मान गरेको छ ।

सामुदायिक वन दिवसको अवसरमा महासंघले वन संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाहा गरेको भन्दै समन्वय समितिकी उपप्रमुख उप्रेतीसहित निजगढ नगर प्रमुख सुरत पुरी र नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गलाई पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी ओली र वन तथा वातावरण मन्त्री प्रदीप यादवले बुधवार प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गनुर््भएको हो । नगर प्रमुख पुरी बारा जिल्लामा सामुदायिक वन अभियान्ताको रुपमा पनि परिचित हुुनुहुन्छ भने उपप्रमुख थिङ्गले ग्रिन फाण्डेशनमार्फत जैविकविविधता संरक्षणको क्षेत्रमा काम गर्नुभएको थियो । त्यसैगरी जिल्ला समन्वय समितिकी उपपप्रमुख उप्रेतीले निजगढ ९ स्थित बकैया ठाकुर सामुदायिक वन समुहको सचिवको जिम्मेवारी सम्हाल्नुभएको छ ।

त्यस्तै वन तथा भूसंसरक्षण विभागले निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समुहलाई गणेशमान सिंह राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको छ ।

सामुदायिक वन दिवस २०७९ को अवसरमा वन तथा वातावरण मन्त्री प्रदीप यादवले बुधवार नै उपभोक्ता समुहलाई नगद २५ हजारसहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।

काठमाण्डौंमा भएको सम्मान कार्यक्रममा वन समुहका अध्यक्ष गणेश कार्कीले पुरस्कार र सम्मानपत्र ग्रहण गनर््ुभएको थियो । उपभोक्ता समुहलाई विभागले प्रदान गरेको प्रमाणपत्रमा वन संरक्षण, व्यवस्थापन र समुहको सशक्तीकरणमा महत्वपूर्ण योगदान गरेकोले सान्त्वना पुरस्कारबाट सम्मान गरिएको भनेर उल्लेख गरिएको छ । वन विभागले सामुदायिक वन दिवसको अवसरमा हरेक वर्ष वन संरक्षणमा उत्कृष्ट काम गर्ने उपभोक्ता समुहहरुलाई सम्मान गर्दै आएको छ ।

Leave a Reply