कलैया,
जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ्ग आउने हुनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले बाराको प्रहरी प्रमुखको रुपमा तामाङ्गलाई पठाउन लागेको हो । गत चैत्र महीनामा प्रहरी उपरीक्षकमा बढुवा हुनुभएका तामाङ्ग नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग तालिम शाखा नक्सालमा कार्यरत हुनुहुन्थ्यो ।

बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुँदै सरुवा भएपछि उहाँको स्थानमा प्रहरी प्रधान कार्यालयले तामाङ्गलाई पठाउने निर्णय गरेको हो । खड्काको गण्डकी प्रहरी प्रदेश कार्यालयमा सरुवा भएको छ ।

यसैगरी पर्साको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक गौतम मिश्र आउने आउने हुनुभएको छ ।
प्रहरी उपरीक्षक कुमोध ढुंगेलको स्थानमा प्रहरी प्रधान कार्यालयले मिश्रलाई पठाउन लागेको हो । मिश्र जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत हुनुहुन्थ्यो ।
मिश्र प्रहरी नायब उपरीक्षक पदमा रहँदा जिल्ला प्रहरी कार्यालय बारामा समेत कार्यरत हुनुहुन्थ्यो ।
ढुंगेलको भने प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा भएको छ ।

सोजन्य तस्बिर

Leave a Reply