नेपालमा अर्को अचम्म खालको परिपाटी के छ भने सदनमा सांसदहरुले प्रधानमन्त्रीलाई जनताका दुःख, सुखसंग जोडिएका अहम प्रश्न गर्छन् अनि प्रधानमन्त्रीको पदमा रहेका व्यक्ति भने कर्मकाण्डी पाराले उत्तर दिएर पन्छिने गर्दछन् ।
आइतवार पनि प्रतिनिधि सभाको बैठकमा त्यही पारा देखियो । आइतवार प्रधानमन्त्रीको हैसियतले केपी ओली रोष्टममा खडा हुनुभयो अनि उहाँले कतिपय सांसदहरुको प्रश्नको जवाफ दिनुभयो त कतिपयको आवश्कयता नै महसुस गर्नु भएन । हुन त प्रश्नको जवाफ दिनुनै ठूलो कुरा पनि होइन ।
त्यसैले पनि सबै प्रधानमन्त्रीको शैली भनेको कर्मकाण्डी मात्रै देखिएको हो । यस्तो कर्मकाण्डी पाराले देश चल्ने होइन तर चलिरहेको छ नै । आइएतबा्र सदनमा उठेका कुराहरु कति जिम्मेवार अनि गम्भीर छन् र प्रधानमन्त्रीको रुपमा केके कुरा कसरी संबोधन गर्न सकिन्छ भन्ने विषयमा गम्भीरता प्रधानमन्त्रीमा देखिएन । यस्तो आचरण सुधार हुन आवश्यक छ । यसरी कर्मकाण्डी पाराको जवाफ दिनुभन्दा बरु नदिएकै ठीक हुन्छ ।

Leave a Reply