काठमाण्डौं,मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश सरकारले भाषा विधेयकमा देखिएका त्रुटिहरूलाई सचियाएर सदनमा पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरले मधेस प्रदेशको राजधानी जनकपुरधाममा बिहीवार गरेको मधेस प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी परामर्श गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले प्रदेश सरकारले सबै भाषा संस्कृतिको सम्मान गर्दै आएको भन्दै यसअघि सदनमा पेस गरिएको भाषा विधेयकमा प्रदेशसभा सदस्यहरूले त्रुटी औंल्याएपछि प्रदेश सरकारले उक्त विधेयक तत्काल फिर्ता लिएको बताउनुभयो । उहाँले विधेयकमा देखिएका त्रुटिहरूबारेमा विज्ञ र सम्बन्धित सरोकारवालासँगको छलफलपछि मात्रै विधेयक संसदमा टेबल हुने बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेसका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले यस अघि भाषा विधेयक प्रदेश सरकारको मन्त्रिपरिषदमा जाँदा मधेस प्रदेशमा तिन प्रतिशतभन्दा बढी बोलिने थारूसहितका भाषाहरूलाई समावेश गर्न आफुले सुझाव दिदाँ पनि वास्तै नगरी शिक्षा तथा संस्कृति मन्त्रीले विधेयक ल्याएपछि चौतर्फी विरोध भएको भन्दै प्रदेशको मन्त्रिपरिषदले नै पठाइ सकेपछि आफ्नो मन्त्रालयले दर्ता गराउन बाध्य भएको जानकारी गराउनुभयो ।

Leave a Reply