बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकाको सिंगौलमा रहेका खानेपानी संस्था र समितिहरुले खानेपानीको महशुलमा चर्को वृद्धि गरेका छन ।सिंगौलमा रहेको सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, बगर खोला खानेपानी र वडा नम्बर २ को डिप बोरिङ समितिले खानेपानीको महशुलमा वृद्धि गरेपछि गरेपछि उपभोक्ताहरु मार्कामा परेका छन ।

उपभोक्ताहरुका अनुसार खानेपानी बापत न्यूनतम मासिक ५० रुपैयाँ लिदैआएकोमा संस्थाले भदौ महिनाबाट १०० रुपैया शुल्क वृद्धि गरेर न्यूनतम १५० रुपैयाँ पु¥याएका छन । ति सस्थाको वर्षौदेखि आयव्यायको हिसाव किताब र अडिट समेत नगराएको बताइएको छ ।

सिंगौल खानेपानी तथा सरासफाइ उपभोक्ता सस्थाको लामो समयदेखि साधारण सभा सभा समेत भएको छैन । साधारण सभा समेत नगरी शुल्क वृद्धि गर्ने संस्थाको यस्तो कार्यप्रति खानेपानीका उपभोक्ताहरुले आपत्ति जनाएका छन । निजगढ नगरपालिकाले न्यूनतम १० हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्ताहरुको महसुल मिनाहा गर्ने व्यवस्था गरेको छ ।
सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले भने सिंगौल वडा नम्बर २ र ३ का उपभोक्तासंग महसुल असुली गर्दैआएका छ ।

Leave a Reply