निजगढ, २८ कार्तिक– निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का अझै सदर गर्न सकेको छैन ।

ठेक्का सदर गर्ने बारेमा नगर प्र्रमुख सुरेश खनाल र उप्रप्रमुख लिलादेवी लामिछानेको मत फरक भएपछि दुई पटकसम्म बसेको कार्यपालिकाको बैठक कुनै निर्णय गर्न नसकेर त्यसै टुङ्गिएको छ ।

निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेसहित बहुमत सदस्यहरु सबै भन्दा बढी अंकमा ठेक्का कबोल गर्ने हिमानी सिमेन्ट ब्लक उद्योगको नाममा ठेक्का सदर गर्ने पक्षमा हुनुहुन्छ भने प्र्रमुख सुरेश खनाल र केही सदस्यहरु यसको विपक्षमा देखिनुभएको छ । उपप्रमुख लामिछानेसहित वहुमत कार्यपालिका सदस्यले हिमानीलाई नै ठेक्का दिनु पर्ने भन्दै यसअअघि नै निर्णण गरेर नगरपालिकामा दर्तासमेत गराउनु भएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको लागि बकैया र धन्सार खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि गत कार्तिक १६ गते खोलेको बोलपत्रमा हिमानीसहित ६ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए । ठेक्का हात पर्न ठेकेदारहरुबीच भएको व्यापक मिलिमतोका बाबजुद पनि ६ वटा कम्पनीले बोलपत्र भरेका हुन । न्युनतम १३ करोड ३२ हजार ९१ रुपैयामा सकार गर्न भएको टेण्डरमा हिमानीले १३ करोड ५१ लाख, न्यु पाथीभरा सप्लायर्सले १३ करोड ३१ लाख ११ हजार १११, बिकोइ विल्डर्सले १३ करोड, २५ लाख, २५ हजार ५५१ तथा सुदीपा ट्रडिङ्गले १३ करोड १ हजार १ सय र मेचीमहाकाली सप्लायर्सले १३ करोड ५५० रुपैयामा बोलपत्र भरेका थिए ।

नगर प्र्रुमख खनालसहितका सदस्यहरु सबै भन्दा बढी रकम कबोल गरेको भएपनि हिमानीले दाखिला गरेको बैंक भौचरबाट सोही दिन नगरपालिकाको निजगढस्थित कृषि विकास बैंक खातामा धरौटी रकम जम्मा हुन नआएको देखिएकाले ठेक्का दिन नमिल्ने पक्षमा हुनुहुन्छ ।

तर नगर उपप्रमुख लामिछानेसहित कार्यपालिकका वहुमत सदस्यहरु भने कम्पनीले सोही दिन धरौटी रकम जम्मा गरेको देखिएको तर बैङ्क क्लियरिङ्गबाट जम्मा हुने क्रममा नगरपालिकाको खातामा केही ढिला भएको भएपनि सबै भन्दा बढी रकम कबोल गर्ने हिमानीको नाममा नै ठेक्का सदर गर्नु पर्ने पक्षमा रहनुभएको छ ।

नगरपालिकको नाममा रकम जम्मा भइसेको अवस्थामा बढी कबोल गर्नेलाई छाडेर अर्कोलाई ठेक्का दिन र कुनै बहाना देखाएर ठेक्का रद्द गर्न पनि नमिल्ने निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामजीप्रसाद बजगाई बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here