राजन कुमार बानिया

पोखरिया,पर्साको पोखरिया नगरपालिकाले पोखरिया बजारको अनुगमनको क्रममा १० वटा पसललाई कारबाही गरेको छ ।पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवको नेतृत्वमा गठित अनुगमन समितिले पोखरिया बजारमा बिहीवार अनुगमन गर्ने क्रममा १० वटा पसललाई कारबाही गरेको हो ।उपमेयर रुबी ठाकुरको निर्देशनमा बिहीवार खटिएको टोलीले होटल, औषधी, कस्मेटिक, पान, फलफूल लगायतका पसलमा अनुगमन गरेको थियो ।अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहीन सामान फेला परेपछि ३ वटा किराना पसल, दुई वटा होटल, एउटा औषधी पसल, दुई वटा कस्मेटिक पसल र दुई वटा फलफूल पसललाई कारबाही गरिएको श्रीवास्तवले जानकारी दिनुभयो ।म्याद गुज्रिएका र गुणस्तरहीन सामान जफत गरिएको उहाँले बताउनुभएको छ । कारबाहीमा परेका पसलका सञ्चालकहरूलाई शुक्रवार नगरपालिका कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।अनुगमन टोलीमा पशु अस्पताल पोखरियाका प्रमुख कौशलकुमार झा, पोखरिया अस्पतालका डाक्टर सन्जय गुप्ता, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रा, शिक्षा शाखा प्रमुख विजयकुमार झा, सामाजिक शाखा प्रमुख बाल्मिकी साह, प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह लगायतको सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here