बिदुर खडका
डुमरवाना,नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको शाखाको रुपमा संचालन हुदै आएको जीतपुरसिमरा उपमहागरपालिका वडा नम्बर ४ औराहस्थित अस्पतालमा कंम्पाउन्ड वालको शिलान्यास गरिएको छ । नेपाल आँखा अस्पतालका उपाध्यक्ष दमन घलेले वालको सिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा अस्पतालका संञ्चालक समितिकी सदस्य बिमला पौडेल जीतपुरसिमरा वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर केसी, नेत्र चिकित्सक लाल महमद र बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
स्थानीय उद्यमी एंव समाजसेवी कासिम मियाँले भवन निर्माणको लागि जमिन दान गर्नुभएको थियो । औराहमा रहेको आँखा अस्पतालले आधुनिक प्रविधिमार्फत आँखाका सबै प्रकारका रोगको उपचार गर्दै आएको छ ।