सिमरा,३१औ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले बिहीवार डुमरबानामा एक कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले मदन–आश्रितले देखाएको बाटोमा सबै सबैअगाडि बढ्नसके मुलुक सम्बृद्ध बन्ने बताउनुभयो । उहाँले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद कार्यक्रम अहिलेको सन्दर्भमा थप सान्दर्भिक हुदै गएको स्पष्ट पार्नुभयो स्पष्ट पार्नुभयो । ‘माक्र्सवादको परम्परागत प्रयोगबाट अन्तर्राष्टिय क्षेत्रमा कम्युनिष्ट पार्टीहरु रक्षात्मक हुदै गएका थिए, उहाँले भन्नुभयो, तर मदन भण्डारी र जीवराज आश्रीतको नेतृत्वमा नेपालमा भने कम्युनिष्ट पार्टी लोकप्रिय बन्यो ।’ उहाँले मदन भण्डारीले जनताको बहुदलीय जनवाद सिद्धान्तको प्रतिवाद गरेको र यसैको आधारमा कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेश कमिटीका सदस्यहरू सुन्दर बिक, किशोर शर्मा, चयन गुरुङ जिल्ला कमिटी उपसचिव भावना आचार्यलगायतले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रीतप्रति श्रद्धासुमन अर्पण गर्नुभएको थियोजीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष भोलाप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण त्रिलोकविक्रम ठकुरीले गर्नुभएको थियो भने स्वागत झापेन्द्र बरालले गर्नुभएको थियो ।
यसैबीच कलैयामा पनि मदन– आश्रीत स्मृति दिवस मनाइएको छ ।मदन भण्डारी फाउण्डेशन बाराको आयोजनामा सदरमुकाम कलैयास्थित नेकपा एमाले पार्टीको कार्यालयमा बिहीवार स्मृति दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य तथा सविधानसभा सभा सदस्य बलवीर चौधरी, केन्द्रीय सदस्य एवंम मधेस प्रदेश सभा सदस्य महम्मद समीर, नेकपा एमाले बारा जिल्ला कमिटीका अध्यक्ष अदयानन्द पाण्डेले मदन भण्डारीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा कलैया उपमहानगरपालिका वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी, प्रदेश सदस्य सुनिल पाल, एमाले बारा जिल्ला कमिटी उपाध्यक्ष भुलन चौधरी, जिल्ला सचिव सृजन बजगाई, सहसचिव जवाहिर अन्सारीलगायत विभिन्न पालिकाबाट आएका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियोे ।कार्यक्रमको संचालक जिल्ला सदस्य पुरुषोत्तम साहले गर्नुभएको थियो भने फाउण्डेशनका केन्द्रीय सदस्य राज महम्मद रायको अध्यक्षतामा सम्पन्न भएको थियो । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रीतको २०५० साल जेष्ठ ३ गतेका दिन चितवनमा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएका थिए ।

















