
राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३, गुलरियामा उपकार सेवा नेपालका अध्यक्ष विद्याकुमारी सरावगीको सहयोगमा धोबिनी गाउँपालिकाको वडा नम्बर ३ स्थित दलित समुदायका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
उपकार सेवा नेपालले दलित समुदायका बालबालिकाहरूको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरेको हो । सो अवसरमा नेकपा (एमाले) मधेस प्रदेश कमिटीको सदस्य सलाउदिन अहमदले शिक्षाको महत्वलाई जोड दिँदै बालबालिकाहरूलाई अध्ययनमा प्रोत्साहित गर्नका लागि यस्तो कामले मद्दत पुग्ने बताउनुभयो।शिक्षाको विकासमा योगदान पु¥याउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने एमालेका नेता अहमदले बताउनुभएको थियो ।
कार्यक्रममा दलित समुदायका बालबालिकाहरुलाई कापी, पेन्सिल, कटर तथा इरेजर जस्ता शैक्षिक सामग्री वितरण गरिएको थियो। स्थानीय बालबालिकार अभिभावकहरूले सहयोगबाट बालबालिकाको शिक्षामा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन।कार्यक्रममा श्री अजीज मियाँ माविका प्रधानाध्यापक जितेन्द्र राम, स्थानीय प्रेम पटेल, बिहारी राम, शिक्षक लालबाबु रामलगायतको उपास्थिति रहेको थियो । फोटो पनि छ ।


















