सिकिन्द्र साह
सिम्रौनगढ ,बाराको सिम्रौनगढ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरिएको छ ।नगरपालिकाको वडा नं. १० देवापुर टेटामा वडा कमिट गठन गरिएको सो कमिटीको सभापती शर्मा गुप्ता चयन हुनुभएको छ ।बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य रजनिशप्रसाद कुशवाहाको अध्यक्षतामा बसेको बैठकले गुप्तालाई सभापती चयन गरेको हो । कमिटीको उपसभापतिमा सियारामकुमार यादव, सचिवमा सरोजकुमार पडित तथा सदस्यमा असिन मियाँ, अमृताकुमारी यादव, लालमति देवी लगायत ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।वडा कमिटी गठन गर्ने क्रममा क्षेत्रीय सदस्य रजनिशप्रसाद कुसवाहाले बारा क्षेत्र नम्बर १ का सम्पूर्ण पालिकाका वडाहरुमा छिट्टै कमिटी गठन हुने बताउँनुभयो ।कार्यक्रममा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

















