लोकतन्त्रमा चुनाव सबैभन्दा सुन्दर पक्ष हो । निर्वाचन बिना लोकतन्त्र र लोकतन्त्र बिना पार्टी र समाज रहन सक्दैन अझै घरपनि रहन सक्दैन । जहाँ लोकतन्त्र छ त्यहाँ सबैकुरा ठीकठाक हुन्छ । सबैको अधिकार पनि स्थापित हुन्छ तर जहाँ लोकतन्त्र छैन त्यहाँ कुरुप हुन्छ अनि तानाशाह जन्मने छ । जसले लोकतन्त्रमाथि नै धावा बोल्ने छ ।
परिवारमा समेत आवश्यक लोकतन्त्र राजनीतिक दलहरुमा हुन त झनै आवश्यक छ । पार्टीमा आन्तरिक लोकतन्त्र हुन आवश्यक छ तर नेकपा एमालेमा भने आन्तरिक लोकतन्त्र कम भएको गुनासा आएका छन । एमालेमा लोकतन्त्र कमजोर रहेकै कारण पनि पार्टी बिभाजन भएको हो भन्नेहरुको जमात पनि धेरै छ ।
त्यसो त एमालेको महाधिवेशन पनि नजिकिदैछ । यसले पनि एमालेभित्रको आन्तरिक लोकतन्त्रलाई उजागर गर्नेछ । अधिवेशनमा पार्टी नीति र नेतृत्व चयन गर्न कस्तो अभ्यास गर्छ यो हेर्न बाँकी छ । अधिवेशनमा एमालेले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनलाई अबलम्बन गर्न जरुरी छ । जसले एमालेमाथि अहिले उठदै गरेका प्रश्नहरुको जवाफ दिन पनि मद्दत गर्छ । पार्टीले लिने नीति अनि चयन गर्ने नेतृत्वले पनि यो कुराको संकेत गर्दछ कि एमालेको आगामी यात्रा कस्तो हुन्छ । त्यसैले पनि एमाले लोकतन्त्रको कुरा यो अधिवेशनमा बढी महत्वपूर्ण छ । र, यो पार्टीका नेतृत्वले गर्ने व्यवहार पनि महत्वपूर्ण हुनेछ ।