कृपा संवाददाता
कोल्हवी – कोल्हवी नगरपालिकाको वडा नम्बर १ स्थित श्रीनेपाल राष्ट्रिय आधारभुत विद्यालय बभनीको व्यस्थापन समितिको अध्यक्ष पदमा बुधन चौधरी चयन हुनुभएको छ । वडा कार्यसमितिको बैठकले आइतवार व्यवस्थापन समितिको अध्यक्षमा चौधरीको नाम सिफारिस गरेको हो ।
विद्यालयका प्रधानाध्यापक पलट चौधरीले नवनियुक्त अध्यक्ष चौधरीलाई अबिर, माला र खादा लगाएर स्वागत गर्नुभएको छ । अध्यक्षको पदभार सम्हाल्दै अध्यक्ष चौधरीले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष चौधरीले शैक्षिक सुधारको लागि विद्यालयलाई राजनीति मुक्त बनाउने संकल्प पनि गर्नुभएको छ । चौधरीले विद्यालयको निम्ति आएको बजेट सम्पुर्ण अभिभावक, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवीलगायतको सल्लाह अनुसार मात्र प्रयोग गरिने बताउनुभयो ।
अध्यक्ष चौधरीको स्वागतमा भएको कार्यक्रममा वडा नम्बर १ की महिला वडा सदस्य महालक्ष्मी पनुहर, एमालेका नेता बिरेन्द्र पनुहर, अभिभावहरु जलपी देबी थरुनी, प्रमिला चौधरी, उर्मिला चौधरी, भुवन चौधरी, शिक्षिका सरिता चौधरीलगायतको उपस्थिति रहेको युवा समाजसेवी राजकुमार चौधरीले जानकारी दिनुभयो ।