कलैया,बाराको कलैया उपमहानगरपालिकाले सोमवार शोक बिदा दिएको छ । कर्मचारीको निधन भएपछि उपमहानगरपालिका कार्यालयले शोक मनाउन सोमवार बिदा दिएको हो ।आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलैया उपमहानगरपालिकाले नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्था र अन्य कार्यालयहरूमा शोक बिदा दिइएको जनाएको छ ।

उपमहानगरपालिकाको पशु शाखामा कार्यरत पशु सेवा प्राविधिक सहायक चौथो तहका कर्मचारी बिशेन्द्रकुमार यादवको निधन भएकोले सोमबार शोक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।पशु सेवा प्राविधिक सहायक यादवको शनिवार निधन भएको थियो । उनको आइतवार अन्त्येष्टि गरिएको छ ।

Leave a Reply