सिमरा,बारा प्रहरीले बरामद गरेको सात सय ५० लिटर अबैध घरेलु मदिरा पोखेर नष्ट गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगञ्ज चोकमा सवारी जाँचका क्रममा बरामद गरिएका मदिरा प्रहरीले आइतवार खाल्टोमा खन्याएर नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगञ्जतर्फ आउँदै गरेका विभिन्न सवारी साधनहरु रोकेर जाँच गर्दा घरेलु मदिरा बरामद गरेको थियो । यसक्रममा २५ पोका र ५ ओटा ग्यालनमा लुकाई छिपाइ राखेको उक्त परिमाणको अन्दाजी ७५ हजार मूल्य पर्ने अबैध घरेलु मदिरा बरामद गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।बारामा जिल्लाको उत्तरी भेगमा उत्पादन गरिएको घरेलु मदिरा सवारी साधनमा राखेर सिमरा, पथलैया, जीतपुर, निजगढ, कलैयालगायत वीरगञ्ज शहर र सीमापारि भारतसम्म पु¥याएर बिक्री हुदैआएको छ ।