निजगढ,बारा जिल्लाको निजगढ नगरपालिकामा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ ।प्रहरी कारबाहीका क्रममा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी नायब निरीक्षक आस महमद अंसारीको कमाण्डमा खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका– १२ स्थित कुलिया क्षेत्रमा गरिएको गाँजा खेती फँडानी गरेको हो ।
प्रहरीका अनुसार करिब ८ कठ्ठा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेतीमा रहेका ११ सयदेखि १२ सयसम्म गाँजाका बोटहरू फँडानी गरी पूर्ण रूपमा नष्ट गरिएको छ ।अवैध लागूऔषध उत्पादन तथा कारोबार नियन्त्रणका लागि यस्ता कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । स्थानीय स्तरमा लागुऔषधविरुद्ध जनचेतना र निगरानी बढाउनसमेत प्रहरीले आग्रह गरेको छ ।



















