वीरगञ्ज,वीरगञ्जको एक विद्यालयमा अध्ययनरत छात्रामाथि चक्कु प्रहार भएको छ ।वीरगञ्जको पिपरास्थि नृसिंह माध्यमिक विद्यालयमा अध्ययनरत १६ वर्षिय विद्यार्थीमाथि चक्कु प्रहार भएको हो ।विद्यालयको कक्षा १० मा अध्ययनरत उनीमाथि सोही विद्यालयमा अध्ययनरत अर्का १५ वर्षीय विद्यार्थीले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) धर्मजंङ थिङका अनुसार विद्यालयमा छुट्टी भएपछि घर जाने क्रममा लिङ्क रोडमा बुधवार बिहान ११ बजेको समयमा चक्कु प्रहार भएको थियो । कालिकामाई गाउँपालिका स्थायी घर भएका १६ वर्षीय बालकलाई त्यसपछि उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पु¥याइएको थियो ।प्रहरीका अनुसार अध्ययनको सिलसिलामा उनी वीरगञ्जको श्रीपुरमा बस्दै आएका छन् । चक्कु प्रहार गर्ने १५ वर्षीय विद्यार्थी भने सखुवा प्रसौनी गाउँपालिका घर भई हाल वीरगञ्जको राधेमाईमा बस्दै आएका छन् ।पुरानो रिसइवीका कारण चक्कु प्रहार भएको इन्स्पेक्टर थिङले बताउनुभयो । चक्कु प्रहार गर्ने र घाइते विद्यार्थीबिच लामो समयदेखि कुनै विषयलाई लिएर विवाद चल्दै आएको थिङको भनाई छ ।
सोही विवादका कारण चक्कु प्रहार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । चक्कु प्रहार गर्ने विद्यार्थीलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

















