जियालाल चौधरी,
कोल्हबी,बाराको कोल्हबी नगरपालिका वडा नम्बर.१ को वडा कार्यालयको प्राङ्गणमा एक कार्यक्रमका बीच शनिवार ईण्डक्शन चुल्हो वितरण गरिएको छ ।नगरमा रहेको प्राथमिक स्वास्थ केन्द्र, ईलाका प्रहरी कार्यालय कल्हबी, सशस्त्र बेस क्याम्प कोल्हबी सहित विभिन्न संघ संस्थालाई समेत गरी २८ थान इण्डक्शन चुल्हो वितरण गरिएको हो । वितरण गर्न बाँकी ७ थान चुलो आगामी दिनमा वितरण गरिने वडा अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।यसैबीच कोल्हबी नगरपालिका वडा नम्बर १ कोल्हबी बजारमा बडा दशैं, दिपावली एवं छठ पर्वको मध्यनजर गर्दै शनिवार सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।कोल्हबी वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरीको अध्यक्षतामा भएको उक्त सरसफाइ कार्यक्रममा कोल्हबी नगरपालिकाका पूर्ववडा अध्यक्ष बिरेन्द्र चौधरी, नगर उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष लक्ष्मी साह कलवार, उद्योग बाणिज्य संघ कोल्हबीका महासचिव शम्भुकुमार साह, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारी, सशस्त्र बेस क्याम्प कोल्हबीका प्रमुख उमेश पौडेल, समाजसेवी रामचन्द्र पनुहर, भुवन चौधरी लगायत राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी, स्वास्थकर्मी, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



















