आरके राजन
सिम्रौनगढ,बाराको आदर्श कोतवाल गाउँपालिका भटिनियामा बिहीवार सनातन धर्म रक्षा मञ्च सिम्रौनगढको ७२औँ सत्संग गोष्ठी सम्पन्न भएको छ।मञ्चका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले आत्मवोधयुक्त, हत्या, हिंसारहित, नशामुक्त, भेदभावरहित, सत्संगप्रेरित, स्वच्छ चरित्रवान र नैतिकवान समाज निर्माणलाई आफ्नो प्रमुख उद्देश्य बनाएको छ।
मञ्चमा विभिन्न १२ धार्मिक पन्थका अनुयायीहरूको सहभागिता थियो । जसमा जय श्रीराम, राधे-राधे, ओम नमो नारायण, जय गुरुदेव, साहेब बनगी (कबीर), सचितानन्द, ओम शान्तिलगायतका अनुयायीहरू समावेश छन ।कार्यक्रममा मञ्चका सचिव बैकुण्ठ प्रसादले सहजीकरण गर्नुभएको थियो। साथै, सत्संग प्रवचनका क्रममा संजय शास्त्री (प्रणामी), मेघनाथ बैरागी, ओम शान्तिकी निर्मला दिदी र बैकुण्ठ प्रसाद जयसवालले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।सत्संग गोष्ठी प्रत्येक महिनाको अन्तिम बिहीवार फरक स्थानमा आयोजना गरिँदै आएको मञ्चले जनाएको छ।



















