कृपा संवाददाता
मन्हर्वा , १ मसिर । करैयामाई गाउँपालिका ५ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरिया बाराले आफ्ना २ हजारबढी सदस्यलाई निःशुल्क प्याज तथा च्याउको विउ वितरण गरेको छ ।  आईतबार संस्थामा विशेष कार्यक्रमको आयोजना गरि संस्थाले सदस्यका लागि ५ सय पकेट च्याउ तथा २ सय ५० केजी प्याजको विउ वितरण गरेको हो । साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीको विशेष उपस्थितीमा विउ वितरण कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रति सदस्य १०० ग्रामका दरले प्याजको विउ वितरण गरिएको हो । प्याजको विउ संस्थाले आफ्नै खर्चमा र च्याउको विउ कृषि ज्ञान केन्द्र बाराबाट निश्चीत अनुदानमा प्राप्त गरी वितरण गरिएको संस्थाका प्रबन्धक भुपेन्द्र प्रसाद चौधरीले जानकारी दिए । संस्थाले कृषि कर्जा लगानी गर्नुका साथै रसायनिक मल ,विउ तथा विषादी संबन्धि कारोबार समेत गर्दै आएको जनाएको छ । माछा पालनसँगै यहाँका किसानको तरकारी मुख्य पेशा रहेको संस्थाकी अध्यक्ष कान्ती देवीले जानकारी दिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here