गोकुल घोरसाइने

निजगढ, ३१ साउन– प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २ मा रहेको सगुन होटलबाट शनिबार ७ जना जुवाडेलाई २ लाख ९१ हजार ५ सय रुपैया र १६ थान कौडासहित नियन्त्रणमा लिएको छ ।

स्थानीय कुमार श्रेष्ठ र प्रधुम्न बैधले संचालन गर्दै आएको होटलको तेश्रो तल्लामा रहेको २०५ नम्बरको नम्बरको कोठामा भइरहेको कौडाको खालबाट जितपुरसिमरा उ.म.न.पा.१५ बस्ने वर्ष ५१ को मान बहादुर लोप्चन, बर्ष ४२ को मानबहादुर गुरुङ्ग, परवानीपुर गा.पा.८ बस्ने वर्ष ३७ को जयराम दास, कलैया उ.म.न.पा.२ बस्ने वर्ष ३५ को बिनोद प्रसाद यादव, सर्लाही जिल्ला बागमती न.पा.१ बस्ने वर्ष ४१ को तारा कुमार श्रेष्ठ, जिल्ला सल्यान बढीमालिका न.पा.८ बस्ने वर्ष ३२ को भूबन चन्द, जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.७ बस्ने वर्ष २५ को पदम नेवारलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक सुर्यबहादुर राना मगरको कमान्डमा खटिएको प्रहरी टोली साँझ ५ः१५ बजे उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here