नरेश गुप्ता

बरियारपुर,एक ५६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बारा प्रहरीले २ जना किशोरलाई पक्राउ गरेको छ ।

जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ स्थित आफ्नै गोठमा राति सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय १५ र १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

गोठमा एक्लै सुतेको अवस्थामा उनीहरुले महिलालाई पालैपालो जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

गत अषाढ २६ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रवारमात्रै सार्वजनिक गरेको हो । पक्राउ परेका दुवैजनालाई बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ निगरानी कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

Leave a Reply