निजगढ,निजगढ तिलगंगा आँखा अस्पतालले निजगढमा संचालन गरेको परियोजनाबारे शुक्रवार स्थानीय सरोकारवालाहरुसंग सुझाव संकलन गरेको छ ।निजगढ नगरपालिका कार्यालयको सभा हलमा भएको कार्यक्रममा अस्पतालका परियोजना अधिकृत नविन राजवंशी, निजगढ तिलगगा अस्पतालका अधिकृत एवंम इन्जिनियर रामगोपाल पाठ, नेत्र सहायक दिपक सुवेदीले परियोजना अन्तर्गत हालसम्म भएका कामहरुको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले परियोजनाले निजगढका नागरिकहरुलाई विशेष सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिनुभएको थियो । उहाँले अस्पतालको निर्माणाधिन भवन र सेवा सुविधाको बारेमा पनि जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय उप्रेती, नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाका सभापती नारायण शर्मा, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक प्रीन्स तिवारी, निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, उपप्रमुख मणिश्वर घिमिरेलगायतले अस्पतालको सेवा प्रभावकारी र गुणस्तरीय तुल्याउनु पर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा स्थानीय संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो । डेढ वर्षअघि सेवा सुरु गरेको अस्पतालले हालसम्म बारा, रौतहट, मकवानपुर र सर्लाही जिल्लाकासमेत गरी ५ हजार ४ सय जनालाई सेवा प्रदान गरेको सो अवसरमा जानकारी गराइएको थियो ।

Leave a Reply