कृष्ण मोहन साह
सेढवा , २२ कार्तिक । पर्साको जगरनाथ पुर गाउपालिकाकाले खरिद गरेका मोटरसाइकल, ट्रेक्टर र जे सि बि दुरुपयोग गरेका स्थानीयले आरोप लगाएका छन। स्थानिय सरकार गठन पछि गाउपालिकाको कार्यालयले हालसम्म करिब आधा दर्जन भन्दा बढी मोटरसाइकल र एक वटा ट्रेक्टर खरिद गरी दुरुपयोग गरेका स्थानिले आरोप लगाएका छन। गाउँ पालिका का अध्यक्ष जालिम मिया ले आफ्नै इटा भठा मा जेसिबी र ट्रेक्टर को प्रयोग गरि सरकारी गाडी को दुरुपयोग गरिरहेको पाइएको छ ।
गाउँ पालिका अध्यक्ष ले गाउँ पालिका को ट्रेक्टर मा इटा लोड गरि ठोरी गाउँ पालिका मा पठाउदै गरेको अवस्था जगरनाथ पुर गाउँ पालिका लेखिएको सरकारी गाडी फेला परेपछी सो रहस्य खुलासा भएको हो । यसैबीच जगरनाथ पुर गाउँ पालिका का वार्ड अध्यक्ष हरुको लागि गाउँ पालिका को रकम बाट किनिएको मोटरसाइकल हरुको पनि दुरुपयोग भैरहेको पाइएको हो ।
गाउँ पालिका वार्ड अध्यक्ष हरुले गाउँ पालिका का सरकारी मोटरसाइकल लाई आफ्नो व्यक्तिगत काम मा र आफन्त को काम मा पनि मोटरसाइकल को प्रयोग गरिरहेका छन कतिपय मोटरसाइकल हरु बिहे मा जन्ती जाने र बिदाको दिनमा पनि प्रयोग गरिरहेको स्थानीयले आरोप लगाएका छन ।
यश बिसयमा गाउँ पालिका का अध्यक्ष जालिम मियाले भने गाउँ पालिका को बिकास निर्माण काम बाहेक गाउँ पालिका ट्रेक्टर जेसिबी बाहिर को काम प्रयोग नभएको दाबी ठोरी गाउँ पालिका को सन्दर्भमा ठोरी गाउँ पालिका का अध्यक्ष पिएल श्रेष्ठ को आग्रह मा मेरो व्यक्तिगत गाडी खाली नहुदा पठाएको स्विकार्दै अबदेखि त्यसो नगर्ने प्रतिक्रिया दिनुभयो ।
तर गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत अमित गिरिले भने सरकारी गाडी दुरुपयोग गर्न कसैलाइ पनि नपाइने बताउदै आफुलाइ यश बिसयमा कुनै जानकारी नै नभएको र आफुले तत्काल यश बिसयमा गम्भीरता पुर्वक सत्यतथ्य बुझी कार्वाही गरिने बताउनुभयो ।