सरकारले शुक्रवार संघीय राजधानी काठमााडौंमा सगरमाथा संवाद भन्ने एउटा कार्यक्रमको आयोजना गरेको थियो । त्यहाँ बिदेशी पहुनाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।छिमेकी देश भारत र चीनका व्यक्तिहरुको पनि सहभागिता रहेको थियो । प्रधानमन्त्री केपी ओली सरकारले सगरमाथा संवाद गर्नुको अर्थ चैं देखिन्छ । उद्देश्य राम्रो पनि देखिन्छ । राम्रोलाई राम्रो भन्न पनि सक्नुपर्दछ । नेपाल वास्तवमा जलवायू परिवर्तनका सवालमा निर्दोष छ ।

अरुका कारणले नेपालले सजायँ भोगिरहेको छ । त्यसैले पनि सरकारले सगरमाथा संवादको आयोजना गरेर एउटा सन्देश विश्वलाई दिन खोजेको हो ।यो जरुरी पनि छ । नेपाल त हिमाली देश नै हो । हिमालबाट कंचन नदीहरु यसको सिकार भइरहेका छन् । केपी ओली प्रधानमन्त्री पदमा पछिल्लो पटक पुगेपछि यो विषयलाई अली बढी उठाएको देखिन्छ । अन्य सरकारको पालमा पनि भए होलान् तर यो सरकारको पालामा .जलवायूको बिषय चैं धेरै उठेको छ । यो सरकारले विश्वब्यापी नै बनाउन खोजेको जस्तो पनि देखिन्छ ।

यो हिसावले पनि सरकारले गरेको प्रयास सकारात्मक छ । जलवायू परिवर्तन विश्वको चर्को समस्या बन्दै गइरहेको छ । विश्व यसैका कारण सकिने हो कि भन्ने चिन्ता गर्नुपर्ने वास्तवमा अवस्था नै छ ।नेपाल जस्ता देशहरुले बिना कारण समस्या झेल्न परेको छ । नेपालले उठाउने यस्ता विषयहरुले प्रश्रय पाउन जरुरी छ र सगरमाथा संवादमा उठेका विषयहरुको पनि सबैले ख्याल गर्न आवश्यक छ ।

Leave a Reply