वीरगन्ज,नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पर्साका महेश दाससहित थप ९ जनालाई विभागको सदस्यमा मनोनित गरेको छ ।

भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पर्साका एमाले नेता दाससहितलाई प्रचार विभागमा सदस्य मनोनीत गरेको हो । मनोनित हुनेमा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन बिष्ट, पूर्वमहासचिव प्रमोद दाहाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, बरिष्ठ पत्रकार निर्मला शर्मा, नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष टीका बिष्ट, चेतन अधिकारी र रोशन खडका हुनुहुन्छ । मनोनीत भएका सवै सदस्यहरु प्रेस चौतारी नेपालका वर्तमान तथा पूर्वपदाधिकारी र एकता प्रक्रियामा एमालेमा सहभागी भएका प्रचार क्षेत्रका नेता हुन् ।

प्रेस चौतारी नेपाल र नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा रहेर काम गरी सकेका दास अहिले नेकपा एमाले वीरगन्ज महानगर कमिटीको उपाध्यक्ष पनि हुनुहुन्छ ।

नेकपा एमाले केन्द्रीय प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य बिष्णु रिजाल रहनु भएको छ ।

Leave a Reply