सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले शुक्रवार नव जनजागृति यूवा क्लबलाई ज्याकेट हस्तान्तरण गरेको छ ।
वडाध्यक्ष हिराबहादुर गुरुङले क्लबका अध्यक्ष रामचन्द्र लामालाई २५ थान ज्याकेट हस्तान्तरण गर्नुभएको हो । जलेश्वरमा जारी मधेस प्रदेश लिगको फाइनलमा पुगेको नव जनजागृति यूवा क्लबका खेलाडीका लागि उक्त ज्याकेट हस्तान्तरण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य अमन लामा, क्लबका प्रथम उपाध्यक्ष शंकरबहादुर थापा, द्वितीय उपाध्यक्ष राजदास श्रेष्ठलगायतको उपस्थिति थियो ।
बारा जिल्ला लिगमा प्रथम भएको नव जनजागृति मधेस प्रदेश लिगको फाइनलमा प्रवेश गरेको छ । प्रदेश लिगको उपाधिका लागि नव जनजागृतिले आइतवार सप्तरी जिल्लासंग फाइनल खेल्नेछ ।

Leave a Reply