वीरगन्ज,वीरगन्ज महानगरपालिकाले नगरभित्रका ३२ वटै वडाहरुमा बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बाल पोषण कार्यक्रम संचालन गरेको छ । महानगरका ६ महिनादेखि लिएर २३ महिनासम्मका ८ हजार २ सय ३० बालबालिकाहरुको शारीरिक र मानसिक विकास बढाउन बाल पोषण कार्यक्रम संचालन गरेको हो । यस कार्यक्रम अन्तरगत पहिलो चरणमा बिहीबारदेखि सबै वडाहरुमा पौष्टिक आहार वितरण गरिएको छ । महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बालबालिकाहरुलाई बिहिबार पौष्टिक आहार वितरण गरेर कार्यक्रमको उदघाटन गर्नुभयो । बिहिबारदेखि शुरु भएको कार्यक्रममा करिब २४ हजार ६ सय ९० किलो पौष्टिक आहार बच्चाहरुको लागि वितरण गरिने छ । त्यस्तै दोस्रो चरणमा २७ हजार ६ सय ९० किलो पौष्टिक आहार वितरण गरिने महानगरपालिकाका नगर प्रमुख सरावगीले बताउनुभयो । महानगरपालिका पूर्णखोप घोषणा हुने अवस्था नजिक पुगेको जानकारी दिदै वीरगन्जका सबै बालबालिकाहरुमा खोपको पहुँच पु¥याएर पूर्णखोप घोषणा गर्ने तयारी पनि रहेको उहाँले बताउनुभयो । पौष्टिक आहार वितरण कार्यक्रममा महानगर प्रमुख सरावगी सहित महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतो लगायतको उपस्थिति रहेको थियो ।