निजगढ,निजगढ नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले जेष्ठ नागरिक तथा पूर्ण अपाङ्ग र अत्अिशक्त तथा अपाङ्गता भएकाहरुलाई सम्मान सहित पानी तताउने विद्युतीय सामग्री वितरण गरेको छ ।
निजगढ नगरपालिकाको आ.व. २०८१-०८२ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत वडास्तरीय चालुतर्फको बजेटबाट ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडाभित्रका ७५ वर्ष र सो उमेरभन्दामाथिका जेष्ठ नागरिक तथा पूर्ण अपाङ्ग र अति अशक्त अपाङ्ग भएकालाई शुक्रबार सम्मान गरेको हो । वडा कार्यालय भवनमा आयोजना गरेको सम्मान कार्यक्रममा एक÷एक थान इलेक्ट्रिक जग समेत प्रदान गरेको छ ।
वडाभित्रका ८५ जना लाभग्राहीलाई चिसो मौषममा तातोपानी खान सहज होस् भनेर इलेक्ट्रिक जग वितरण गरिएको वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । वडा कार्यालयमा आउन नसक्नु भएका पूर्ण अपाङ्ग र अशक्तलाई घरमै पु¥याईने वडा अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका मानबहादुर डासेली, वडा सदस्य खड्ग बहादुर खुलाल, बुरगानकुमारी लामा, चिनी बि.क., जितबहादुर लोप्चन, वडा सचिव शुभचन्द्र महतो, पूर्व वडा अध्यक्ष जितबहादुर तामाङ्ग, खेल प्रशिक्षक मानबहादुर लामा लगायत सहभागी थिए ।

Leave a Reply