नेपालमा राजनीतिका नाउमा जे पनि हुन्छ र आम कार्यकर्ताहरुलाई बलीको बोको बनाउने गरिन्छ । अब यसपालीको मंसिर ४ को चुनावमा माओवादीका कार्यकर्ता तथा शुभचिन्तकहरु फेरि बलीको बोको बन्ने निश्चित देखिएको छ । २०७२ सालमा संबिधान जारी गरेपछि माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेका गोरखाका माओवादीका पुराना नेता बावुराम भट्टराईले प्रचण्डसंगको सहकार्यमा फेरि गज्जबको फण्डा अपनाउने भएका छन् ।

आइतवार सार्वजनिक संचार माध्यामहरुको कुरालाई विश्वास गर्ने हो भने माओवादीका अध्यक्ष प्रचण्ड र बावुरामबीच माओवादीको चुनाव चिन्ह हसिया हतौडामा चुनाव लड्ने सहमति भएको छ । यो भनेको राजनीतिक हिसावले घर न घाटको अवस्थामा पुगेका डा. भट्टराईलाई फेरि २०६४ सालको जसरी हसिया हतौडामा मदतान गरी जिताउनु पर्ने छ । त्यसो त माअ‍ोवादी भएकै कारण २०७० मा पनि भट्टराईलाई त्यहाँका माओवादीहरुले जिताएका छन् ।

तर,२०७४ को चुनावमा भने काँग्रेसको सहयोगमा मात्रै उनी बिजयी भएका थिए । यसपाली काँग्रेसले साथ दिने अवस्था नभएपछि माओवादीले बाबुरामलाई गज्जबको मुर्गा बनाएका छन् । अब बाबुरामसंगै गोरखाका मतदाताहरु फेरि मुर्गा बन्नु पर्नेछ । त्यसो त नेपाली काँग्रेसले के गर्नेछ उसको कुरा त फरक होला तर आइतवारको प्रचण्ड,बावुरामको सहमतिले फेरि बावु्रामलाई गोरखाकै माओवादी समर्थित मतदाताहरुले बैतर्णी तार्नुपर्नेछ र चुनावपछि फेरि माओवादी विरुद्ध भट्टराई लागेको पनि देख्नु पर्नेहुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here