????????????????????????????????????

निजगढ,बाराको निजगढमा प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।प्रतियोगिता आयोजक मधेस प्रदेश तेक्वान्दो संघको सोमवार निजगढमा पत्रकार सम्मेलनको आयोजना गरेर सोको जानकारी दिएको हो ।प्रतियोगितामा नेपालका ७ प्रदेशसहित भारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक पेमासिद्धी लामाले जानकारी गराउनुभयो ।आगामी जेष्ठ ४, ५ र ६ गते हुने सो प्रतियोगितामा बाराको निजगढ, महागढीमाई, सिम्रौनगढ, कोल्हबी नगरपालिका र कलैया, जीतपुरसिमरा उपमहानगरपालिका तथा आदर्शकोतवाल गाउँपालिका, मधेस प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग रहने जनाइएको छ । संघले प्रतियोगिताको लागि आठ वटा विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारेको संघका मधेस प्रदेश महासचिव राजकुमार लामाले बताउनुभयो । जिरोगीतर्फ पुरुष सात र महिला छ गरी १३ तौल समुह र पुम्सेतर्फ जुनियर १० वर्षको सिगल, १२ वर्ष डबल र १४ वर्षको गु्रप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ वर्ष मुनि र माथिका महिला÷पुरुष गरी चार टोली गरी २० ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवम प्रतियोगिता प्रचार संयोजक गुरुप्रसाद गौतमले जानकारी गराउनुभयो ।

Leave a Reply