निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ कार्यालयले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा विद्यालयबाट प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढ– ११ रतपुरीका विद्यार्थीहरूलाई पुरस्कार स्वरूप ब्याग र छाता वितरण गरेको छ ।उक्त कार्यक्रम वडा कार्यालयको सहयोगमा २७ जना विद्यार्थीलाई प्रोत्साहन गरिएको हो । कार्यक्रममार्फत सम्मानित विद्यार्थीहरूलाई शैक्षिक प्रगतिको थप हौसला मिलोस् भन्ने उद्देश्यका साथ उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष सहइया गुरोले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष गुरोसहित वडा सदस्य पर्शुराम श्रेष्ठ, मनमाया श्रेष्ठ, कमला परियारलगायत सहभागी थिए ।
कार्यक्रममा वडा सचिव हिरा राना मगर, कार्यालय सहयोगी रामरत्नलाल कुमर लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरूको प्रोत्साहनका लागि गरिएको यस कार्यप्रति अभिभावक, शिक्षक तथा स्थानीयहरूले समेत प्रशंसा व्यक्त गरेका छन् ।त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगलबहादुर रुम्बाको अध्यक्षतामा भएको कार्यक्रमको निमित्त प्रअ दिनेश गुरोले सञ्चालन गर्नुभएको थियो ।


















