पुष्पराज खतिवडा

मनहर्वा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १८ बङ्गकुलस्थित सडक किनारामा सुकेको सिमलको रुखबाट दुर्घटना जोखिम बढेको स्थानीयले बताएका छन । मोतीचोक–लामामिडाँडा सडक खण्डमा रहेको सो रुख ढल्यो भने उक्त क्षेत्रमा भौतिक र मानवीय क्षति हुन सक्ने स्थानीयको भनाइ छ ।

दैनिक सयौं सर्वसाधारणको आवागमन हुने सो सडक किनारामा रहेको सिमलको रुख बुढो भएर आफै ढल्ने अवस्थामा पुगेको छ । धेरै हाँगाबिगा भएको सो रुख ढलेर दुर्घटना हुन सक्ने त्रासमा स्थानीय चिन्तित बनेका छन । एक वर्ष अघिबाट मर्न थालेको सो रुख सकेर हाल हाँगा झर्न थालेको स्थानीयले सुनाए । रुखको आसपास करीव आधा दर्जन घर रहेको र रुख ढल्दा वा हाँगामात्रै भाँचिए पनि ठूलो मानवीय क्षति हुन सक्ने स्थानीय विनोद लोप्चनले बताउनु भयो । ‘रुखको नजिक स्थानीयले खाद्यान्न कुटानी पिसान गर्ने मिल र बालबालिका पढने विद्यालय पनि छ, लोप्चनले भन्नुभयो, कुनैबेला रुख ढल्यो भने ठूलो नोक्सानी हुन सक्छ ।’ सोही सडक हुँदै दैनिक ठुलो संख्यामा मानिसहरु आवतजावत पनि गर्दै आएका छन ।

त्यसैगरी रुखको उत्तरमा खानेपानी टंकी सहितको कम्पाउण्ड, दक्षिण सडकसँगै मानव वस्ती र विद्युत प्रशासारण लाईन समेत भएकोले स्थानीयको त्रास थप बढेको हो । ‘हाँगामात्रै खस्दा पनि ठूलो क्षति हुन सक्छ, अर्का स्थानीय अगुवा गोपीकृष्ण खतिवडाले भन्नुभयो, सम्बन्धित निकायले समयमै रुख व्यवस्थापन गरिदिनु पर्यो ।’

डिभिजन वन कार्यालय सिमराका प्रमुख मञ्जुर अहमदले यथाशीघ्र अनुगमन गरि सुकेका हाँगा काट्न लगाउने बताउनु भयो । ‘हाँगा काटेर भएपनि तत्कालका लागि जोखिम न्युनीकरण गरिने छ । मञ्जुरले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here