समाजमा अपराधले प्रश्रय पायो भने त्यो समाज सभ्य हुन सक्दैन र त्यस्तो समाजका कुनैपनि मानिस सुरक्षित हुन पनि सक्दैनन् । कसैले क्षणिक स्वार्थका लागि अपराधीलाई संरक्षण गरेपनि कालान्तरमा त्यही अपराधी उसैका लागि घाँडो हुने पनि निश्चित छ ।

सभ्य समाजका लागि त अपराधको कल्पना गर्न सकिने कुरै भएन ।तरपनि समाजमा अपराध हुने गरेको पाइन्छ र अपराधीलाई समेत कही कतै संरक्षण गर्ने गरेको पनि पाइन्छ । अझै अपराधीहरुलाई राजनीतिक संरक्षण बढी हुने गर्दछ । नेपालमा कयौं यस्ता उदाहरणहरु पनि छन् ।

बारा जिल्लामा घटेका अपराधिक घटनाको सवालमा एकाध बाहेक अपराधीहरुले उन्मुक्ति पाएको घटना कमै छ । तरपनि बारामा अपराध भने बढेको छ । अपराध यो अर्थमा बढेको छ कि यहाँ मानिसको सामान्य कारणले हत्या हुने गर्दछ जुन एकदमै बिडम्बनाको कुरा हो ।विगत एक वर्षको अवधिको सामान्य विश्लेषण गर्ने हो भने पनि केही मानिसको हत्या भएको छ र यो निकै सामान्य कारणले मानिसको हत्या भएको छ । हत्या हुनु नै हुदैन जुनसुकै कारणले भएपनि ।

कसैले केही गल्ती गर्छ भने त्यसले कानुनतः कारबाही भोग्नुनै पर्दछ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।अपराध गरेपछिएकदिन सजायँको भागीदार पनि हुनुपर्दछ । कानुनको नजरमा धेरै दिन लुकेर बस्न सक्ने कुरै भएन । त्यसैले हालै बाराको महागढीमाईमा भएको अपराधमा संलग्न जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्दछ र नागरिकलाई कानुनी राज्यको अनुभूति गराउनुपर्दछ । अपराधलाई प्रश्रय दिन हुदै हुदैन ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here