वीरगन्ज,पर्साको बहुदरमाइ नगरपालिकास्थित लागुऔषधका एक कारोबारीको घरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका सोती कलवारको घरबाट प्रहरीले १६ वटा पोकामा रहेको ७० किलो ४ सय ८० ग्राम गाजा बरामद गरेको हो । गोप्य सुचनाको आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कलवारको घरमा छापा मारेर खानतलाशी गर्दा कलवारको सुत्ने कोठाको खाट मुनि लुकाएर राखिएको १६ वटा पोकामा रहेको गाँजा बरामद गरेको हो । गाँजाका कारोबारी कलवार भने प्रहरी उनको घरमा पुग्ना साथ मोटरसाइकलमा चढेर फरार भएकाले उनको खोजी भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । बरामद गाँजा जिल्ला प्रहरी कार्यालयमा राखेर कलवार बिरूद्ध लागु औषध गाँजा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here