बिश्वमा आज मानवता हराउदै गइरहेको अनुभूति धेरै क्षेत्रबाट भइरहेको छ । मानिस आफ्नो स्वार्थका लागि सन्सार ध्वस्त बनाउन समेत उद्दत रहने गरेको कुरा केही घटनाक्रमले देखाउँछ ।वास्तवमा मानिस यत्ति धेरै घमण्डी पनि नहुनु पर्ने हो तर भइरकेको छ र जसका कारण बिश्वमा लडाइ,झगडा पनि भइरहेका छन् । मध्य एसियामा रहेको दुई ठूला देश इजरायल र प्यालेस्टिनकबीचको लडाइ करिब दुई वर्षसम्म चल्यो । जसका कारण ती देशको अवस्था नाजुक बनेको छ ।

तुलानात्मक रुपमा प्यालेष्टाइनले धेरै क्षति ब्यहोर्नपर्यो होला तर इजरायलको क्षति पनि कम भएन । हमास र इजरायलबीचको लडाइले उनीहरु त समस्यामा परे नै बिश्वलाई समेत असर गरेकै हो ।लडाईले कसैलाई फाइदा हुदैन भन्ने कुरा बिश्वमा भएका कयौं ठूला लडाइहरुले पनि स्पष्ट पारेको छ । तैपनि फेरि लडाइ भइ नै रहेको देखिन्छ । यसो हुनु भनेको मानवतामा खडेरी पर्नु नै हो । ढिलै भएपनि हमास र इजरायलकाबीचमा युद्ध बिराम भएको छ ।

इजरायलसंग नेपालको सम्बन्ध पनि छ । यही लडाइका कारण दशजना नेपालीहरुले अनाहकमा ज्यान गुमाउन पर्यो भने हाल एकजना नेपाली युवा हमासको नियन्त्रणमा रहेको पनि बताइएको छ । अब यो वार्ताका क्रममा नेपाली युवा विपिन जोशी रिहा भएको खण्डमा नेपालीका लागि पनि यो निकै खुसीको कुरा हुनेछ ।बिश्वमा शान्ति हुनु सबैका लागि राम्रो हो तर बिश्वका सबै ठाउँमा शान्तिको वातावरण अझै छैन तर हमास र इजरायलको युद्धविरामले केही राहत भने पक्कै हुनेछ ।

 

Leave a Reply