निजगढ,निजगढ बजारमा रहेको टिभिएस शो रुममा ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला शुरु भएको छ ।
कार्तिक २५ गतेसम्म मेला सञ्चालन हुने टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता माँ अजिमा ट्रेडर्सका प्रोप्राइटर रबि राजभण्डारीले जानकारी दिनुभयो । दसैं तिहार र छठ लगायतका पर्वमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका ग्राहकहरुलाई सम्पूर्ण छुटसहित अन्य विशेष छुट र सुविधा उपलब्ध गराइने राजभण्डारीले जानकारी दिनुभयो ।
मेलामा जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर विशेष छुटमा खरिद गर्ने अवसर ग्राहकहरुलाई दिइएको बताउदै राजभण्डारीले यसपटकको अफरबाट धेरै ग्राहक लाभान्वित हुनेमा बताउनुभयो । उहाँका अनुसार टिभिएस खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्नेछन् भने खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका पनि अफरमा रहेको बताइएको छ ।हरेक महिना सय प्रतिशत क्याश ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले एक्चेन्जमा रु। १० हजारसम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर खरिद गर्नसक्ने सुविधा उपलब्ध गराएको छ ।

















