सिमरा,श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्ज सिमरामा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ ।

ग्रासरुट फाउण्डेसनको आयोजनामा सिमरा रंगशालामा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानामाथि १–० को जित निकाल्दै अमलेखगञ्जले अन्तिम चारमा स्थान बनाएको हो ।
राजाराम चौधरीले आत्मघाती गोल गर्दा डुमरवानाको उपाधि यात्रामा पुर्णविराम लागेको छ ।
खेलको म्यान अफ द म्याच अमलेखगञ्जका ब्रिजेन नेपाल भए ।
प्रतियोगिताअन्तर्गत सोमबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा र लोटस एकेडेमी सिमरा खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिनुभयो ।


















