बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ स्थित वनस्थली हाट बजार हुँदै रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकासंग जोडिने धनसार खोला भालुघाट झोलुङे पुलको निर्माण कार्य लामो समयदेखि अधुरो रहेको छ ।उपभोक्ता समितिमार्फत गर्नुपर्ने सबै काम पूरा भइसकेको अवस्थामा पनि संघीय सरकारले ठेक्कामार्फत गर्नुपर्ने बाँकी काम पूरा नगरेकाले पुल निर्माण कार्य अधुरो रहेको हो । झोलुङे पुल निर्माणमा आवश्यक सामग्रीको खरिद टेन्डर लगाउन निजगढ नगरपालिकाले पटक पटक आग्रह गर्दा समेत सघीय सरकारले बेवास्ता गर्दैआएकोले पुल अधुरो रहेको हो ।

७० प्रतिशत काम सम्पन्न भइसकेको सो पुलको बाँकी नहुँदा यस क्षेत्रका बासिन्दाले आवागमनमा समस्या बेहोर्दैआएका छन । धनसार खोला तर्ने अर्को पक्की पुल नभएको र झोलुङे पुल निर्माण कार्य पनि अधुरै रहेकोले निजगढको सिगौल र छिमेकी जिल्ला रौतहटको चन्द्रपुर नगरपालिकाको अरुण बस्ति आसपासका बासिन्दालाई बर्षा र हिउँद महीनामा पनि खोला वारपार गर्न समस्या हुने गरेको हो ।

‘अरुण बस्तिबाट सिंगौलका विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु सबैभन्दा बढी समस्यामा पर्नेगरेका छन, स्थानीय कृष्ण थोकरले भन्नुभयो, बर्खायाममा खोलाको बाढीमा हेलिदै बालबालिकाहरु ज्यान जोखिममा पारेर स्कुल जान बाध्य छन ।’ ठूलो बाढी आएको बेला तर्न नसकेर विद्यार्थीहरु घरमै बस्ने र पठनपाठन अवरुद्ध हुने उहाँको भनाई छ ।
अरुण बस्तिलगायत सो क्षेत्रबाट दैनिक सयौं विद्यार्थीहरु अध्ययनको लागि निजगढ वडा नम्बर १ सिंगौलमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा आउने गरेका छन ।निजगढ नगरपालिका र हेल्भेटाँसबीच ०७९ सालमा दुई वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी पुल निर्माणसम्झौता भएको थियो । यसको लागि १ करोड २७ लाख बजेट बिनियोजन भएको बताइएको छ ।

Leave a Reply