निजगढ,बारा प्रहरीले बुधवार दिउँसो लागूऔषध गाँजा र अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट प्रहरीले सात किलो गाँजा र चार किलो अफिमसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ डम्मरपुरका २२ वर्षीय संजय मोक्तान र धादिङ गजुरी गाउँपालिका ३ का २९ वर्षीय सुनबहादुर थिङ रहेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले हेटौडाबाट वीरगञ्जतर्फ जादै गरेको प्र.३–०२–००७ प ८२३९ नम्बरको मोटरसाईकल जाँच गर्दा लेगार्डमा प्लाष्टिकको झोलामा र सिट मुनी लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध बरामद गरेको हो ।

बरामद लागूऔषध बिस हजार मूल्य बराबरको रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply