कलैया,बाराको पचरौता नगरपालिका ९ कुडवास्थित जमुनी खोलामा शनिवार बालिकाको शव फेला परेको छ । अन्दाजी पाँच वर्षीया बालिकाको पहिचान भने खुलेको छैन ।बालिकाको शव खोलामा तैरिरहेको अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबाट सूचना पाएलगत्तै पुगेको प्रहरी टोलिले बालिकाको शव मुचुल्का गरि प्रादेशिक अस्पताल कलैया ल्याएको छ ।
बालिकाको पहिचान खुलाउन जिल्लाका स्थानीय तहसंग समन्वय भइरहेको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।



















