निजगढ,निजगढ ७ शहिद चोकस्थित निजगढ सुपरमार्टले दशै, तिहार अफर अन्तर्गत संचालन गरेको लक्की ड्रको पहिलो पुरस्कार निजगढ ७ का रामशरण सुवेदीले प्राप्त गर्नुभएको छ ।सुरपरमार्ट परिसरमा गोला प्रथामार्फत शनिवार सार्वजनिक गरिएको सो लक्की ड्रमा सुवेदीले करिव २७ हजार मूल्य बराबरको पानासोनिक कम्पनीको वासिङ्ग मेसिन प्राप्त गर्नुभएको हो ।सुपरमार्टले दशैतिहार अफर अन्तर्गत सामान खरिद गर्ने ग्राहकहरुलाई वितरण गरेको कुपनको चिठ्ठा सार्वजनिक भएको हो । सो अवसरमा सुपरमार्ट संचालक अमृत गौतम र अमृत तिमल्सिनाले आफूहरुले ग्राहकहरुलाई गुणस्तरीय सामग्री र सेवा प्रदान गर्दैआएको बताउनुभयो ।३ वर्षअघिबाट संचालनमा आएको निजगढ सुपरमार्टले आफ्ना ग्राहकहरुबीच हरेक वर्ष लक्की ड्र संचालन गर्दैआएको छ । यस वर्षको चिठ्ठामा २८ जना ग्राहकले करिव ३ लाख मूल्य बराबरको सामान प्राप्त गरेका छन ।



















