आर.के.चौधरी
सखुवाप्रसौनी,कृषि ज्ञान केन्द्र पर्सा वीरगन्जको आयोजना र साहस साना किसान कृषि सहकारी संस्था लि. महुवनको सहयोगमा सखुवाप्रसौनी गाउँपालिकाको वडा २ मा कृषि सामग्री वितरण गरिएको छ ।
सखुवाप्रसौनी गाउँपालिकाकी पूर्वउपाध्यक्ष फुलमतीदेवी थरुनीको अध्यक्षतामा धान ब्लक कार्यक्रम अन्तर्गतमा कृषकहरूलाई अनुदानमा प्राप्त सामग्रीहरु वितरण गरिएको हो । सो अवसरमा पाल २ सय पिस, जाईम २५७ केजी, जिन्क ५०० केजी र धानमा छर्ने घाँसको झोल औषधि ३२५ लिटर वितरण गरिएको कृषि सहकारी संस्था लि. महुवनका अध्यक्ष नरेश जयसवालले जनकारी गराउनु भएको छ ।