निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ को कार्यालयले वडामा बसोबास गर्ने ज्येष्ठ नागरिक तथा अपाङगता भएकाहरुलाई पानी तताउने जग वितरण गरेको छ ।कार्यालयले पूर्ण अपाङ्गता भएका ७ जना र ७० वर्ष उमेर पुरा भएका एक सय २३ जना र अपाङ्गता ११ जना गरि एक सय ४१ जनालाई पानी तताउने जग वितरण गरेको हो । कार्यालय भवनमा एक कार्यक्रमका बिच उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष सुर्यबहादुर थापा मगरले बताउनुभयो ।ज्येष्ठ नागरिक तथा अपाङगता भएका नागरिकहरुलाई ठण्डीबाट जोगाउन सहयोग पु¥याउने उद्देश्यले पानी तताउने जग वितरण गरिएको उहाँको भनाई छ ।

Leave a Reply