नरेश गुप्ता
बरियारपुर,बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले निर्वाचित भएको छ ।
अध्यक्षमा एमालेका राम क्षेत्री पटेल दुई हजार नौ सय १७ मत ल्याएर निर्वाचित हुनुभएको होे ।
उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जगत नारायण महतोले दुई हजार चार सय ७४ मत ल्याउनुभएको छ । यस्तै उपाध्यक्षमा एमाले कि सुगान्धी देवी तीन हजार दुई सय ३२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका सावित्रीदेवीले दुई हजार तीन सय ८७ मत ल्याउनुभयो ।
पाँच वडा रहेको गाउँपालिकामा दुई वडा एमालेले जितेको छ । वडा नम्बर २ मा नेकपा एमालेका नुरुल होदा अन्सारी र वडा नम्बर ३ मा इब्राहिम मिया निर्वाचित भएका छन । नुरुलहोदा पाँच सय ८५ मत ल्याएर निर्वाचित भएका छन भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सुरेश साह चार सय ८५ मत ल्याएका छन । यस्तै इब्राहिम ८ सय ८४ मत ल्याएर निर्वाचित हुदा उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल रामले ८ सय २१ मत ल्याएका छन ।
यसैबीच जिल्लाको करैयामाईमा जनता समाजवादी पार्टीले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी बनेको छ । अध्यक्षमा शम्भुप्रसाद यादव र उपाध्यक्षमा जसपाकै सुनैना चौधरी निर्वाचित हुनुभएको हो । यादवले निकटतम् प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २ हजार १९८ मतले पराजित गर्नुभएको हो । यादवले ५ हजार ५८९ र चौधरीले ३ हजार ४०० मत प्राप्त गर्नुभएको छ । चौधरी निवर्तमान गाँउपालिका अध्यक्ष हुनुहुन्छ । ०७४ को निर्वाचनमा पनि यादव चौधरीको प्रतिद्वन्द्वी हुनुहुन्थ्यो ।
यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले काँग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २६७ मतले पराजित गर्नुभएको छ । सुनैनाले ५ हजार ४३९ मत प्राप्त गर्दा चित्ररेखाले ३ हजार १७२ मत ल्याउनुभएको छ । चित्ररेखा निवर्तमान गाउँपालिका उपाध्यक्ष समेत हुनुहुन्छ ।